चितवनमा ट्रक दुर्घटनाः दुई जनाको मृत्यु

चितवन – पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका–८ चैनपुर चोकमा शनिबार राति कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई राति करिब १२ बजेतिर ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक, राप्ती नगरपालिका ७ बस्ने १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार राप्ती नगरपालिका ५ बस्ने २० वर्षीया बिमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनास्थलबाट उनीहरुलाई अचेत अवस्थामा उद्धार गरी पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको थियो। उपचारको क्रममा कंडेलको राति १ बजेर २५ मिनेटमा र तामाङको २ बजेतिर चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनाका कारणबारे थप अनुसन्धान जारी राखेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार