जिल्लाको गोलबजार नगरपालिका–१०, महाजन टोलबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, पक्राउ पर्ने युवक रुपेश सिंह (२०) हुन्। इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी देखेपछि सिंह भाग्न खोज्दा उनलाई नियन्त्रणमा लिइएको र शरीरको खानतलासी गर्दा दाहिने हातमा राखिएको सानो कालो प्लाष्टिकको पोका भित्र खैरो हिरोइन फेला परेको बताइएको छ।
बरामद लागुऔषधको तौल गर्दा प्लाष्टिकसहित २ ग्राम ६४० मिलिग्राम र प्लाष्टिकबिना २ ग्राम १३० मिलिग्राम रहेको छ।
प्रहरीले सिंहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया



