सप्तरीको मुसहर बस्तीमा झाडापखालाबाट पाँच जना उपचारमा, चार जनामा हैजाको आशंका

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित मुसहर बस्तीमा फैलिएको झाडापखालाबाट पाँच जनाको अहिले गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।

मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार, सो बस्तीका १६ जनामध्ये ११ जनाको उपचारपछि घर फर्काइएका छन्।

अस्पतालमा भर्ना भएका नौ जनामध्ये चार जनामा प्रारम्भिक रूपमा हैजाको सङ्केत देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चन्द्र भाल झाले आरडीटी परीक्षणबाट मात्र नतिजा आएको बताउँदै, अन्तिम पुष्टि कल्चर परीक्षणपछि मात्रै हुने जानकारी दिनुभयो।

जनचेतनाको कमी र सरसफाइको अभावले समस्या बढेको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्रप्रसाद यादवले बताउनुभयो। उहाँका अनुसार स्थानीयलाई अहिले सरसफाइ र सुरक्षित खानेपानीबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

यसअघि सो बस्तीमा झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार