पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत (प्रशा.अ.) सन्जिव यादवले मंगलबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन्।
गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष जसवन्त यादव, उपाध्यक्ष शर्मिला बिष्टलगायत जनप्रतिनिधिहरुले फुलमाला अर्पण गर्दै उनलाई स्वागत गरेका थिए। सो अवसरमा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी तथा शाखा प्रमुखहरुको उल्लेखनीय उपस्थिति थियो।

गाउँपालिका अध्यक्ष यादवले नयाँ प्रशा.अ.को आगमनले सेवा प्रवाहमा सहजता र जनअपेक्षाअनुरूपको सुधार आउने विश्वास व्यक्त गरे। उनले भने, “गाउँपालिकाका सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन हामी संकल्पबद्ध छौँ।”
यसैबीच, प्रमुख प्रशासकीय अधिकृत यादवले स्वागतप्रति धन्यवाद ज्ञापन गर्दै पारदर्शिता, उत्तरदायित्व र विकासलाई मुख्य कार्यसूचीका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। “जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य नै सफलता प्राप्त गर्ने आधार हो,” उनले जोड दिए।
कार्यक्रममा प्रशासन शाखा प्रमुख अरबिन्द ठाकुर, लेखा शाखा प्रमुख सुमन साह, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, सामाजिक शाखा प्रमुख विनोद यादव, प्राविधिक शाखा प्रमुख रामबाबु पटेल लगायतको सहभागिता थियो।



