बीरगञ्ज— राष्ट्रिय प्रतीक दैनिकको वार्षिकोत्सवको अवसरमा प्रतीक प्रकाशन समूह, बीरगञ्ज पर्साको कार्यालयमा विशेष बैठक बसेको छ। २०८२भदौ १ गते हुने वार्षिक उत्सवलाई विशेष बनाउँदै हरेक वर्ष प्रदान गरिँदै आएको स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष तीनजना प्रतिभाशाली सञ्चारकर्मीहरूलाई प्रदान गरिने निर्णय भएको छ।
बैठकको निर्णयअनुसार अन्नपूर्ण पोस्ट का पर्सा संवाददाता तथा मधेस खबर अनलाइनका सञ्चालक श्री क्रान्ति शाह लाई पत्रकारितामा विशेष योगदान पुर्याएको भन्दै सम्मान गरिनेछ। यस्तै, उत्कृष्ट स्तम्भकार का रूपमा ओम प्रकाश खनाल चयन भएका छन् भने राष्ट्रिय प्रतीक दैनिक का उत्कृष्ट संवाददाता प्रमोद यादव लाई समेत विशेष सम्मान प्रदान गरिने छ।

बैठकमा राष्ट्रिय प्रतीक दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक जगदीश शर्मा, अर्का सम्पादक शत्रुधन नेपाल, समाचार सम्पादक आर.के. पटेल, साथै अन्य सम्पादकीय टोली र सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
सम्पूर्ण पुरस्कार विजयीहरुलाई प्रतीक प्रकाशन समूह, सम्पूर्ण सञ्चार क्षेत्र र पाठक वर्गबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।



