बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
वीरगञ्जबाट राजविराजतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस आइतबार बिहान ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये ७ जनाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा र एक जनाको तराई हस्पिटलमा उपचार भइरहेको छ। उपचाररतमध्ये अधिकांशको अवस्था सामान्य रहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बसका चालक फरार रहेका छन् भने उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया



