धोबिनी–४ लंगडीमा सुविधा सम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ उद्घाटन

पर्साको धोबिनी गाउँपालिका–४ लंगडीमा सुविधा सम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

एक विशेष समारोहका बीच अनोखी गुप्ताले रिसोर्टको उद्घाटन गरेकी हुन् । पूजापाठसहित गरिएको उद्घाटनपछि रिसोर्ट ग्रामीण क्षेत्रमा आधुनिक सेवा–सुविधासहित सञ्चालनमा ल्याइएको सञ्चालक सुनिल कुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार रिसोर्टमा विवाह, इन्गेजमेन्ट, पार्टी, विभिन्न सामाजिक समारोह तथा मिटिङ–तालिम सञ्चालन गर्न मिल्ने बहुउद्देश्यीय सुविधा उपलब्ध रहेको छ ।

रिसोर्टमा म्यारिज हल, तालिम हल, स्विमिङ पुल, खानपान तथा क्याटरिङ सेवा, आरामदायी आवास कक्ष र पर्याप्त पार्किङको व्यवस्था रहेको समेत सञ्चालक गुप्ताले बताए ।

सञ्चालक गुप्ताले सबै वर्गका सेवाग्राहीलाई लक्षित गर्दै सुलभ शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराइने बताए । उनका अनुसार लंगडी चोकदेखि पूर्वतर्फ निर्माण गरिएको उक्त रिसोर्ट ग्रामीण क्षेत्रमा आधुनिक ढाँचाको पहिलो सुविधा सम्पन्न संरचनामध्ये एक हो ।

व्यवस्थापन पक्षले अन्य स्थानको तुलनामा कम लागतमा स्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार