दीपक खड्काबारे सर्वोच्चको आदेश, थुनामै राख्न निर्देशन

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्ने सर्वोच्च अदालतले आदेश दिएको छ।

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइपछि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उनलाई हालको अवस्थामै राख्न आदेश दिएको हो। अदालतले अर्को सुनुवाइ वैशाख ३ गतेका लागि तोकेको छ।

खड्का चैत १५ गते पक्राउ परेका थिए। जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको रकम र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान उनीमाथि भइरहेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार