श्रीपुर कुटपिट घटनामा प्रहरी जवानको ज्यान गयो, चार जना नियन्त्रणमा

वीरगञ्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडिको एक घरमा भएको झगडा कुटपिटमा परिणत हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

मृतक पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी २७ वर्षीय विकास चौरसिया रहेको प्रहरीले जनाएको छ। उनी नेपाल प्रहरीमा कार्यरत रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रहरीका अनुसार डेरामा बस्दै आएका व्यक्तिहरूबीचको सामान्य विवाद चर्किँदै हिंसात्मक झडपमा परिणत भएको थियो। सो क्रममा रड प्रहार हुँदा चौरसियाको ज्यान गएको बताइएको छ।

घटनामा संलग्न भएको आरोपमा तीन पुरुष र एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनापछि केहीबेर स्थानीय क्षेत्रमा तनाव उत्पन्न भए पनि प्रहरी परिचालनपछि अवस्था सामान्य बनाइएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार