शान्तिपूर्ण आन्दोलन जारी: छिपहरमाई गाउँपालिका कार्यालय अगाडि करार कर्मचारीहरूको तेस्रो दिनको धर्ना।

पर्सा २८

जेठ पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत करार कर्मचारीहरू विगत तीन दिनदेखि गाउँपालिका कार्यालय अगाडि शान्तिपूर्ण धर्नामा बसेका छन् । आठ महिनादेखि तलब–भत्ता नपाएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन। कर्मचारीहरूका अनुसार २०८२ साल कार्तिक महिनादेखि हालसम्मको पारिश्रमिक भुक्तानी हुन बाँकी छ ।

पटक–पटक माग गर्दा पनि “यो महिना, अर्को महिना भुक्तानी हुन्छ” भन्ने आश्वासन मात्रै पाएको तर व्यवहारमा भुक्तानी नभएपछि बाध्य भएर धर्नामा बस्नुपरेको उनीहरूको भनाइ छ गाउँपालिकाकी कार्यवाहक अध्यक्ष लिलावती देवी कानुलाई बुझाइएको ज्ञापन पत्रमा तलब–भत्ता तत्काल उपलब्ध गराउन माग गरिएको छ । कर्मचारीहरूले २०८३ जेठ २५ गतेदेखि कार्यालयको सम्पूर्ण कामकाज थप गरी नियमित रूपमा धर्ना बस्ने उल्लेख गरेका छन् ।

तलब–भत्ता नपाएसम्म आन्दोलन जारी रहने र त्यसबाट पर्न सक्ने असरको जिम्मेवारी कार्यालय प्रमुखको हुने चेतावनी पनि दिइएको छ । धर्नामा सहभागी करार कर्मचारी गौरीशङ्कर यादवले लामो समयदेखि तलब नपाउँदा आफूहरू गम्भीर आर्थिक समस्यामा परेको बताए । “आठ महिनादेखि तलब पाएका छैनौँ । घरभाडा, छोराछोरीको पढाइ, बैंक ऋण र दैनिक खर्च धान्नै कठिन भएको छ,” उनले भने,

“हामी सेवा प्रवाह रोक्न चाहँदैनौँ, तर मेहनतको पारिश्रमिक नपाएपछि चुप लागेर बस्न सकिने अवस्था रहेन । कर्मचारीहरूको आन्दोलनका कारण गाउँपालिकाबाट प्रवाह हुने प्रशासनिक तथा विकाससम्बन्धी कामकाज प्रभावित हुने देखिएको छ । स्थानीय सेवाग्राहीहरूमा समेत अन्योल बढेको छ । यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। तलब भुक्तानीमा ढिलाइ हुनुको कारणबारे गाउँपालिकाले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार