झुटा कागजातका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मेयर सिंह, रिता भट्टराई, वीरगंज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई प्रतिवादी बनाएको छ। साथै छानबिन समितिका संयोजक पुष्कर राना र शाखा अधिकृत परशुराम पोखरेलविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

अख्तियारका अनुसार झुटा विवरण र कागजातका आधारमा नागरिकता प्राप्त गराइएको आरोपमा अनुसन्धानपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
यसअघि सोही प्रकरणमा पक्राउ परेका मेयर सिंह धरौटीमा रिहा भइसकेका छन्। उनीविरुद्धको मुद्दा अब विशेष अदालतमा विचाराधीन रहनेछ।
तपाईको प्रतिक्रिया



