कलैया अधिवेशन विवादपछि रास्वपा केन्द्रीय कार्यालयमा धर्ना

वीरगंज, जेठ २४ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा बाराका कार्यकर्ताहरूले आइतबार धर्ना दिएका छन्। कलैया उपमहानगर अधिवेशनको निर्वाचन परिणामपछि उत्पन्न विवादलाई लिएर उनीहरूले पारदर्शिता र निष्पक्ष निर्णयको माग गरेका हुन्।

आन्दोलनरत कार्यकर्ताका अनुसार कलैया उपमहानगरको अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए। शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी भएपछि विवाद उत्पन्न भएको उनीहरूको दाबी छ।

प्रदर्शनकारीहरूले मधेस प्रदेश समितिले ५० प्रतिशतभन्दा बढी बहुमत नपुगेको भन्दै पुनः निर्वाचनको सूचना निकालेको आरोप लगाएका छन्। उनीहरूले उक्त निर्णय पार्टी विधान र लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन्।

कार्यकर्ताहरूले निर्वाचन सम्पन्न भई विजेता घोषणा भइसकेपछि पुनः मतदान गराउने निर्णय अस्वीकार्य हुने स्पष्ट पारेका छन्। साथै सामाजिक सञ्जालमार्फत कुनै आधिकारिक हस्ताक्षरबिना निर्वाचन रद्द गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्टता माग गरेका छन्।

उनीहरूले अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्न र विधानअनुसार निष्पक्ष निर्णय गर्नुपर्ने माग गरेका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार