देशका विभिन्न जिल्लामा विपद् घटनाः ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु र रोल्पामा भएका घटनामा गरी पाँच जनाको मृत्यु भएको हो।

रौतहट, बारा र कपिलवस्तुमा सर्पदंशका कारण एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ। यस्तै रोल्पाको गङ्गादेव गाउँपालिकामा खहरे भेलले बगाउँदा दुई बालकको ज्यान गएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सो अवधिमा मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, दाङ, पाल्पा र कञ्चनपुरलगायतका जिल्लामा भएका घटनामा ११ जना घाइते भएका छन्।

पछिल्लो २४ घण्टामा २५ वटा विपद्जन्य घटना दर्ता भएका छन् भने करिब ६३ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार