वीरगंजको घण्टाघर क्षेत्रस्थित गढीमाई लजमा बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको छेउमा रहेको लजमा विद्युतीय स्कुटर चार्ज गर्ने क्रममा ब्याट्री पड्किएपछि आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आगलागीबाट स्कुटर जलेर नष्ट हुनुका साथै एसी, विद्युतीय उपकरण र घरका केही संरचनामा क्षति पुगेको छ।
घटनालगत्तै वीरगंज महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।
घटनाको कारण र क्षतिको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया



