सीमा नाकाबाट ल्याउन पाइने सामानको छुट सीमा ५ सय रुपैयाँ पुग्यो

सरकारले स्थल सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन सक्ने निजी प्रयोगका सामानको भन्सार छुट सीमा बढाएको छ। अर्थ मन्त्रालयले नयाँ नियम सार्वजनिक गर्दै साविकको १ सय रुपैयाँको सीमा बढाएर ५ सय रुपैयाँ पुर्‍याएको हो।

राजपत्रमा प्रकाशित सूचनाअनुसार यात्रुले ५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन्।

स्थलमार्गबाट आवतजावत गर्ने यात्रुलाई हवाईमार्गबाट यात्रा गर्ने यात्रुसरह सुविधा भने उपलब्ध नहुने व्यवस्था यथावत राखिएको छ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीले आफ्नो प्रयोगका लागि ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था पनि कायम राखिएको छ।

यसअघि २०८२ जेठ १५ मा जारी सूचनाले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान भित्र्याउन रोक लगाएपछि सीमा क्षेत्रमा विवाद र तनाव उत्पन्न भएको थियो। उक्त विषय संसद्मा समेत उठेपछि सरकारले छुट सीमा बढाउने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार