रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता

वीरगंज, जेठ २० –

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। पाँचदिने भारत भ्रमणका क्रममा लामिछानेले मोदीसँग भेट गरेका हुन्।

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले दिएको वक्तव्यमा उनले लामिछानेसँग भेट गर्न पाउँदा खुसी व्यक्त गर्दै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई स्वागत र समर्थन गरेको उल्लेख गरेका छन्। साथै नेपाललाई ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत भारतको प्राथमिक साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन्।

भेटवार्तामा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री डा. एस. जयशंकर पनि उपस्थित रहेको जनाइएको छ।

लामिछानेको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री एवं सांसद विपिन आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन्।

भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री जयशंकर तथा भाजपाका नेताहरूसँग पनि भेटवार्ता गरेका छन्।

उनको अयोध्या भ्रमणको कार्यक्रमसमेत रहेको छ। उनी जेठ २२ गते स्वदेश फर्कने जनाइएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार