नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियम ५६ सम्बन्धी व्यवस्था गलत रूपमा व्याख्या गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिनअघि प्रश्न बुझाउनुपर्ने व्यवस्था नरहेको सभामुखको भनाइ नियमावली विपरीत भएको दाबी गर्दै उक्त शब्द हटाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । सो क्रममा प्रश्न सोध्ने प्रक्रिया सम्बन्धी विषयमा सत्ता र विपक्षबीच फरक धारणा देखिएको थियो ।
विपक्षी सांसदहरूले प्रश्न सोध्न तीन दिनअघि नै प्रश्न बुझाउनुपर्ने व्यवस्था रहेको बताए पनि सभामुखले त्यसबारे भिन्न व्याख्या गरेपछि विवाद उत्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया



