भदौ २३–२४ घटनामा ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्नता देखिएको भन्दै ४९ जनामाथि अनुसन्धान गर्न र दोषी देखिए कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको हो।

अनुसन्धानको सूचीमा पूर्व पत्रकार, युट्युबर, कन्टेन्ट क्रियटर, राजनीतिकर्मी तथा सामाजिक अभियन्तासमेत परेका छन्। सूचीमा सुशीला कार्की, केही सांसद तथा विभिन्न अभियन्ताहरूको नाम उल्लेख गरिएको छ।

आयोगका अनुसार प्रदर्शन अघि, दौरान र पछि दिइएका अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि तथा सुरक्षा निकायको प्रतिवेदनका आधारमा सम्बन्धित व्यक्तिहरूको भूमिका बारे सूक्ष्म अनुसन्धान आवश्यक देखिएको हो।

उनीहरूको अभिव्यक्तिले प्रदर्शनकारीमा उत्तेजना फैलाएको वा सार्वजनिक शान्ति–सुव्यवस्थामा असर पारेको हो वा होइन भन्ने विषयमा विस्तृत अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार