बकर इद आजदेखि सुरु, देशभर मस्जिदमा विशेष नमाज

मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्व बकर इद (इदुल जोहा) आजदेखि देशभर मनाउन सुरु गरिएको छ। पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीहरू बिहानै मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्दै शुभकामना साटासाट गरिरहेका छन्।

काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदसहित देशभरका मस्जिदहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। धार्मिक विश्वासअनुसार अल्लाहप्रति समर्पण र त्यागको प्रतीकका रूपमा बकर इद मनाइने गरिएको हो।

हिजरी संवत्अनुसार इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको ऐतिहासिक घटनाको सम्झनामा यो पर्व मनाउने परम्परा रहेको बताइन्छ।

मुस्लिम समुदायले यो पर्व तीन दिनसम्म मनाउनेछन्। बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। गणतन्त्र दिवस र साप्ताहिक बिदासँग जोडिएकाले आजदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार