प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । मंगलबार सम्पन्न थुनछेक बहसपछि अदालतले उनलाई हिरासतमा राखिरहनु नपर्ने निष्कर्ष निकालेको हो ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मुद्दाको अन्तिम फैसला नभएसम्म प्रसाईंलाई तारेखमा राखेर कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

अदालतको आदेशसँगै प्रसाईं अब बाहिर बसेर मुद्दाको सामना गर्न पाउने भएका छन् । अदालत परिसर बाहिर उनका समर्थकहरूको उपस्थिति समेत देखिएको थियो ।

यता अनुसन्धानमा संलग्न निकायले भने बाँकी अनुसन्धान तथा कानुनी प्रक्रिया नियमित रूपमा अघि बढाइने बताएका छन् ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार