रास्वपा बाराको बैठकमा तनाव, चन्दन स्वर्णकार समर्थकको विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला विस्तारित बैठकका क्रममा कलैयामा तनावपूर्ण अवस्था सिर्जना भएको छ । पार्टीबाट निष्कासित जिल्ला सभापति चन्दन स्वर्णकारका समर्थकले बैठकस्थलमा विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।

कलैयास्थित करणराज होटलमा आयोजित बैठकमा स्वर्णकार समर्थक कार्यकर्ताले पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले स्वर्णकारमाथिको कारबाही फिर्ता लिन माग गरेका छन् ।

विवाद बढेपछि कार्यक्रमस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही प्रदर्शनकारीले सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहतर्फ आक्रोश व्यक्त गर्दै दुर्व्यवहारको प्रयास गरेपछि सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित स्थानमा लगेको जनाइएको छ ।

यसैबीच बारा–१ का सांसद गणेश धिमालले विरोधका बीच पनि पार्टीको पूर्वनिर्धारित कार्यक्रम जारी रहेको बताएका छन् ।

निष्कासित नेता स्वर्णकारले भने पार्टीभित्र पुराना कार्यकर्तालाई पाखा लगाएर आफू निकटका व्यक्तिहरूलाई मात्र समेट्ने प्रयास भएकाले असन्तुष्टि बढेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार