पोखरिया अस्पताल संकटमा, सेवा अवरुद्ध हुँदा बिरामी निजीमा निर्भर

पर्साको पोखरिया प्रादेशिक अस्पतालमा उपकरण बिग्रिएर लामो समयदेखि सेवा अवरुद्ध हुँदा उपचारका लागि आउने बिरामीहरू निजी स्वास्थ्य संस्थामा जान बाध्य भएका छन् ।

अस्पतालमा एक्स–रे सेवा करिब तीन महिनादेखि र ल्याब परीक्षण सेवा दुई महिनादेखि बन्द छ । दैनिक तीन सयभन्दा बढी बिरामी आउने यस अस्पतालमा आधारभूत परीक्षण सेवा नै ठप्प भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।

सेवा अवरुद्ध हुँदा स्वास्थ्य बीमा भएका बिरामीले समेत बाहिर महँगो शुल्क तिरेर परीक्षण गराउनुपरेको गुनासो गरेका छन् । औषधि अभाव र उपकरण मर्मत नहुँदा अस्पतालको सेवा क्षमता कमजोर बनेको छ ।

अस्पताल प्रशासनका अनुसार आर्थिक स्रोत अभावका कारण उपकरण मर्मत गर्न सकिएको छैन । आवश्यक बजेट प्रदेश सरकारसँग माग गरिएको भए पनि हालसम्म उपलब्ध नभएको मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले बताएका छन् ।

स्वास्थ्य बीमा बोर्डबाट बक्यौता रकम नआउँदा औषधि खरिदसमेत प्रभावित भएको अस्पतालले जनाएको छ । स्थानीयवासीले अस्पताललाई प्रभावकारी बनाउन तत्काल बजेट व्यवस्थापन र उपकरण मर्मत गर्न सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार