बीरगञ्ज–२० हरपतगंजका स्थानीयवासीहरूले लामो समयदेखि अलपत्र रहेको सडक निर्माण कार्यप्रति आक्रोश व्यक्त गरेका छन्।
८ वर्षअघि भएको ठेक्का सम्झौताअनुसार काम सम्पन्न नभएको भन्दै स्थानीयले ठेकेदार हरिनारायण र पप्पु कन्स्ट्रक्सनविरुद्ध विरोध जनाएका हुन्।

स्थानीयवासीहरूका अनुसार पटक–पटक काम सम्पन्न गर्न आग्रह गर्दा पनि ठेकेदार पक्षले बेवास्ता गर्दै आएको छ।
अधुरो कामका कारण आवतजावतमा समस्या हुनुका साथै धुलो, हिलो र दुर्घटनाको जोखिम बढेको उनीहरूको गुनासो छ।
आक्रोशित स्थानीयले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्य सम्पन्न गर्न र जिम्मेवार पक्षमाथि कारबाही गर्न माग गरेका छन्।
स्थानीयले अब पनि काम अघि नबढाइए थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।





तपाईको प्रतिक्रिया



