सिरहाको बरियारपट्टी क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी विजय हमाललाई स्थानीयसँग दुर्व्यवहार गरेको आरोपपछि प्रदेश कार्यालय बर्दिबास तानिएको छ।
अवैध डिजेल नियन्त्रण गर्ने क्रममा उनले स्थानीयलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको हो।

सशस्त्र प्रहरीका अनुसार घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको छ र आवश्यक कारबाही गरिने जनाइएको छ।
तपाईको प्रतिक्रिया



