गण्डकी प्रदेश मन्त्रिपरिषद् पुनर्गठनमा नाम नपरेपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्।
बागलुङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित कुँवरले सभामुखसमक्ष राजीनामा बुझाउँदै वैशाख २ गतेदेखि लागू हुने उल्लेख गरेका छन्।

राजीनामामा उनले मतदाता र समर्थकप्रति आभार व्यक्त गर्दै जनअपेक्षा पूरा गर्न नसकेको भन्दै क्षमायाचना गरेका छन्। पद बाहिर भए पनि जनसेवा जारी राख्ने उनको भनाइ छ।
तपाईको प्रतिक्रिया



