कच्चा तेल १०० डलर पार, हर्मुज तनावले विश्व बजार प्रभावित

वीरगंज, २९ चैत –

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्व बजारमा कच्चा तेलको मूल्य फेरि १०० डलर प्रति ब्यारेल नाघेको छ। हर्मुज जलमार्गसम्बन्धी अमेरिकी घोषणापछि तेल बजारमा तीव्र उतारचढाव देखिएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कच्चा तेलको मूल्य झण्डै ८ प्रतिशतले बढ्दै प्रतिब्यारेल १०२ डलर पुगेको छ भने अमेरिकी कच्चा तेल १०४ डलरसम्म उक्लिएको छ। यसले विश्व शेयर बजारमा समेत दबाब सिर्जना गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तेल निर्यातमा रोक लगाउने चेतावनी दिएपछि खाडी क्षेत्रमा तनाव चुलिएको छ।

विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलमार्गमा उत्पन्न अवस्थाले ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ।

इरानी पक्षले पनि उक्त क्षेत्रमा आउने सैन्य गतिविधिमाथि कडा प्रतिक्रिया दिने संकेत दिएको छ, जसले सम्भावित द्वन्द्वको जोखिम बढाएको छ।

विशेषज्ञहरूका अनुसार तेलको मूल्य निरन्तर बढ्दै गएमा पेट्रोलियम पदार्थसँगै दैनिक उपभोग्य वस्तुको मूल्यसमेत महँगिने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार