कोल्हवीमा भीषण आगलागी, १८ कठ्ठा गहुँबाली जलेर नष्ट

बाराको कोल्हवी नगरपालिका–१० आमवामा आगलागी हुँदा करिब १८ कठ्ठा क्षेत्रफलमा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ।

स्थानीयका अनुसार आगो अचानक लागेको र केही समयमै फैलिँदै ठूलो क्षति पुर्‍याएको हो।

घटनाबाट किसानलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ। स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि बाली जोगाउन सकिएको थिएन । आगलागीको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार