जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीलाई बिचौलियामुक्त, छिटो र सहज सेवा उपलब्ध गराउन सम्बन्धित सरकारी कार्यालयलाई निर्देशन दिएको छ।
कार्यालयले पर्सा जिल्लाभित्रका सबै सरकारी सेवाहरू पारदर्शी, नियमित र प्रभावकारी बनाउन कार्यालय प्रमुखलाई अनुरोध गरेको छ।

सूचनामा कार्यालय परिसर वा वरिपरि सेवाग्राहीलाई सहयोग गर्ने नाममा गैरकानुनी रकम असुल गर्ने तथा बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
प्रशासनले सेवाग्राहीलाई कुनै अवैध शुल्क नतिर्न र यस्ता गतिविधि देखिएमा सम्बन्धित निकायमा जानकारी दिन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया



