पोखरिया स्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई बाधा पुर्याएको आरोपमा तीन बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शुक्रवार उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार, कार्यालयभित्र अनावश्यक रूपमा प्रवेश गरी सेवाग्राही र कर्मचारीलाई असुविधा दिने कार्यमा ती व्यक्तिहरू संलग्न थिए।

पक्राउ परेकाहरूले आफू लेखापढी व्यवसायी भएको दाबी गरेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखेर छानबिन भइरहेको जानकारी प्रहरीले दिएको छ।
तपाईको प्रतिक्रिया



