नेकपाका नेता साहले गराए प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण

नेपाली कम्युनिष्ट पार्टीका युवा नेता बिबेक कुमार साहले विभिन्न सरकारी कार्यालय, गाउँपालिका र नगरपालिकामा सेवाग्राहीहरूले सेवा लिन जाँदा ढिलासुस्ती, अनावश्यक झन्झट र कहिलेकाहीँ दुर्व्यवहार भोग्नुपरेको विषयमा प्रधानमन्त्री कार्यलय र गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

साहका अनुसार जनताको सेवा गर्ने उद्देश्यले स्थापना भएका निकायहरूमा यस्तो व्यवहार हुनु दुःखद र निन्दनीय छ, जसले जनतामा निराशा र आक्रोश बढाइरहेको छ। उनले सरकारले तत्काल निम्न कदम चाल्नुपर्ने माग गरेका छन्:

-सेवामा ढिलासुस्ती गर्ने वा सेवाग्राहीलाई दुःख दिने कर्मचारीमाथि छानबिन गरी कारबाही ।
-सम्बन्धित कार्यालयमा नियमित अनुगमनको व्यवस्था ।
-सेवाग्राहीमैत्री वातावरण निर्माणका लागि स्पष्ट निर्देशन र कार्यान्वयन ।
-गुनासो दर्ता र समाधानका लागि प्रभावकारी संयन्त्र स्थापना ।

साहले २०४८ पछि सार्वजनिक पद धारण गरेका कर्मचारी र नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिएका छन्। साथै, उनले बालेन्द्र शाह नेतृत्वको सरकारका राम्रा कामहरूलाई समर्थन गर्दै यस पहलले प्रभावकारी सुधार र पारदर्शिता बढाउने अपेक्षा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार