जेनजी यूथ फोर्स पर्सा जिल्लामा भ्रष्टाचार विरुद्ध सक्रिय

वीरगंज , १८ चैत्र –

जेनजी यूथ फोर्स पर्साको जिल्ला स्तरीय बैठक मंगलबार वीरगंजमा सम्पन्न भएको छ। बैठकले पर्सा जिल्लाका विभिन्न पालिका र वडामा भइरहेको अनियमितता र भ्रष्टाचारको पर्दाफास गर्ने निर्णय गरेको छ। संगठनका सदस्यहरूले नजिकबाट अनियमित गतिविधिहरू नियालेर प्रमाणसहित सम्बन्धित जनप्रतिनिधि र कर्मचारीलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

बैठकमा संगठनका विशेष सदस्य साहले बताएअनुसार अब युवाहरू चुपचाप बस्ने अवस्था छैन। “सहने समय सकिएको छ। पालिकालाई भ्रष्टाचारको आखडा बनाउने प्रयास गरिए, त्यसमा संलग्न प्रत्येक व्यक्तिलाई सार्वजनिक गरिनेछ। परिवर्तनका लागि अब कदम चालिन्छ,” उनले भने।

संगठनले बैठकमा आफ्ना उद्देश्यलाई थप सशक्त र प्रभावकारी बनाउन, युवा नेतृत्व विकासमा जोड दिन, र युवाहरूको व्यापक सहभागिता सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल गरेको छ। साथै, छिट्टै टोल, वडा, पालिका, महानगरपालिका र जिल्ला स्तरमा समिति गठन गर्ने निर्णय पनि गरेको जानकारी दिइएको छ।

यस कदमले पर्सा जिल्लामा युवा नेतृत्वमार्फत भ्रष्टाचार नियन्त्रण र पारदर्शिता सुनिश्चित गर्ने दिशामा थप पहल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार