गाँजासहित तीन जना भारतीय वीरगंजमा पक्राउ

वीरगंज , १७ चैत्र –

जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रमा नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिहरूमाथि शंका लागेर जाँच गर्दा लागूऔषध फेला परेको हो। शरीरको पेट र छातीको भागमा प्लास्टिकभित्र लुकाइछिपाइ ल्याइएको गाँजा बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरू भारत बिहार जिल्ला बेतिया थाना क्षेत्रका जावेद अन्सारी, महमद रिजवान र महमद गरिव रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध गाँजा ७ केजी ६ सय १२ ग्राम बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार