नाबालिका प्रकरणमा लुम्बिनी प्रदेश सांसद शर्मा पक्राउ

नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मा लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धुम्बाराहीस्थित निवासबाट गएराति नियन्त्रणमा लिएको हो।

२०७८१ जेठमा काठमाडौं महानगरपालिका ले शर्माको घरमा काम गरिरहेकी दाङकी एक नाबालिकाको उद्धार गरेको थियो। ती बालिकामाथि कुटपिट गर्ने, घरबाहिर निस्किन नदिने तथा उचित बसोबास र खानपानको व्यवस्था नगरेको आरोप उनीमाथि लागेको थियो।

घटनापछि महानगरपालिकाले बालबालिका सम्बन्धी ऐनअनुसार कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो। उक्त विषयमा त्यतिबेला काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह ले समेत सार्वजनिक रूपमा चासो व्यक्त गरेका थिए।

जाहेरी परेको लामो समयपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै प्रहरीले शर्मालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार