नयाँ सरकारको प्रभाव : पर्सामा नागरिकता वितरण प्रक्रिया सहज र छरितो

नयाँ सरकारले लागू गरेको सुधारको प्रभाव पर्सामा स्पष्ट देखिन थालेको छ। नागरिकता बनाउने काम पहिले जस्तो कार्यालयभित्र कोठा–कोठा घुम्दै गर्नुपर्ने झन्झट अब हटेको छ।

अब नागरिकता सम्बन्धि सम्पूर्ण प्रक्रिया एउटै कोठाबाट सञ्चालन हुने व्यवस्था गरिएको छ। फाइल चेक, रुजु, प्रमाणिकरण र अन्ततः नागरिकता वितरण सबै कार्य एउटै स्थानबाट हुने भएपछि सेवाग्राहीहरूले प्रक्रिया छरितो र सहज भएको अनुभव गरेका छन्।

सेवाग्राहीहरूका अनुसार पहिले धेरै समय र ऊर्जालाग्ने कार्य अब छोटो समयमै सम्पन्न हुने भएपछि उनीहरूको समय र मेहनत दुवै बच्ने भएको छ। यसले कार्यालयको कामकाजमा प्रभावकारीता बढाउने साथै नागरिकतासम्बन्धी सेवामा विश्वास र सन्तुष्टि पनि बढाएको देखिएको छ।

स्थानिय प्रशासनका अनुसार, यस प्रणालीको सफल कार्यान्वयनले भविष्यमा अन्य सेवा क्षेत्रमा पनि समान सुधार ल्याउने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार