तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि छानबिन सुरु

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्ति अनुसन्धान प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूको चल-अचल सम्पत्ति र आम्दानीका स्रोतबारे छानबिन सुरु गरेको हो। गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार, यही अनुसन्धानकै क्रममा आइतबार पूर्वमन्त्री दीपक खड्का लाई नियन्त्रणमा लिइएको छ।

भदौ २४ गतेको आन्दोलनको क्रममा आगजनी हुँदा पूर्वप्रधानमन्त्रीहरूको निवास परिसरबाट जलेको अवस्थामा भेटिएका नगद र विदेशी मुद्रा पनि अनुसन्धानको केन्द्रमा छन्। प्रशासनले देउवाको निवासमा नयाँ निर्माण कार्य रोक्न आदेश दिएको छ भने घटनास्थलमा कार्यरत मजदुरहरू हटाइयो र क्षेत्र नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार