चैती छठ पर्वअन्तर्गत आज साँझ व्रतालुहरूले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन्। वीरगंजसहित पर्साका विभिन्न नदी, पोखरी र जलाशयमा बनाइएका छठघाटहरूमा व्रतालुहरूको उपस्थिति बढ्दै गएको छ।
छठ पर्व आइतबार ‘नुहाए–खाए’ विधिबाट सुरु भएको थियो भने सोमबार ‘खरना’ सम्पन्न गरिएको थियो। आज सझिया अर्घ दिइएपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी चार दिनसम्म चल्ने पर्व विधिवत रूपमा समापन हुने परम्परा रहेको छ।

छठ पूजाका लागि ठेकुवा, केरा, नरिवल, उखु, स्याउ, सुन्तला, निम्बु, अदुवा, मुला, गाजर लगायतका फलफूल र प्रसाद तयार गरी सूर्य भगवान र छठी मातालाई अर्पण गरिन्छ।
तराई–मधेश क्षेत्रमा विशेष श्रद्धा, निष्ठा र लोकआस्थासहित मनाइने छठ पर्व धार्मिक तथा सांस्कृतिक दृष्टिले जनजीवनमा महत्वपूर्ण पर्वको रूपमा रहेको छ।
तपाईको प्रतिक्रिया



