चैती छठ पर्वअन्तर्गत आज दोस्रो दिन ‘खरना’ विधि मनाइँदैछ। आइतबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको पर्वमा सहभागी व्रतालुहरू आज दिनभर उपवास बसेर बेलुका खरना गर्ने तयारीमा रहेका छन्।
चार दिनसम्म मनाइने यस पर्वको तेस्रो दिन मंगलबार पर्ने षष्ठी तिथिलाई मुख्य दिनका रूपमा मानिन्छ, जसलाई ‘सँझीया घाटे’ भनिन्छ। यस दिन व्रतालु महिलाहरू नदी, पोखरी, तलाउ लगायतका जलाशयमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिने परम्परा रहेको छ।

छठ पूजाका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा तयार गरिन्छ भने मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, उखु लगायतका फलफूल अर्घका रूपमा चढाइन्छ।
पर्वको अन्तिम दिन सप्तमी तिथिका दिन बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ पर्व विधिवत रूपमा समापन हुने गर्दछ।
तपाईको प्रतिक्रिया



