छिपहरमाई–५ मा जसपा परित्याग गरी रासपामा प्रवेश, टेक साक्यको भव्य घरदैलो

वीरगंज, १६ गते । छिपहरमाई गाउँपालिका वडा नं. ५ भिसवाटोलका २०७९ सालमा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट वडाध्यक्षका प्रत्यासी रहेका रञ्जित साहसहित दर्जनौं युवा नेताकार्यकर्ताले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) मा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई रासपाका प्रतिनिधिसभा क्षेत्र नं. ४ का उम्मेदवार टेक साक्यले स्वागत गर्दै पार्टीमा आबद्ध गराएका थिए। प्रवेश कार्यक्रममा करिब तीन हजारभन्दा बढी सर्वसाधारण तथा समर्थकहरूको उपस्थिति रहेको आयोजक पक्षले जनाएको छ।

पार्टी प्रवेशसँगै उम्मेदवार साक्यले भिसवाटोल क्षेत्रमा भव्य घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए। घरदैलोका क्रममा स्थानीयवासीसँग भेटघाट, सुझाव संकलन तथा निर्वाचन प्रतिबद्धता सार्वजनिक गरिएको थियो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार