निर्वाचन आचारसहिंता सबैले पालना गर्नुपर्छ

राससको ६५ औं वार्षिकोत्सवः

वीरगञ्ज ५ फागुन

निर्वाचन आचारसंहिता व्यक्ति विशेषले मात्रै नभएर सम्पूर्ण सरोकार राख्ने निकायले पालना गरेमा मात्रै प्रभावकारी हुने एक कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) वीरगञ्ज कार्यालयले राससको ६५ औं वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको ‘‘निर्वाचन आचारसंहितामा सञ्चार’’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन निर्वाचन आयोग,स्थानीय प्रशासन,उम्मेदवार,सञ्चार माध्यमले मात्रै नभएर सम्पूर्ण निकायले निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले निर्वाचन आचारसंहिता एउटा उम्मेदवार,व्यक्ति,सङ्घ संस्था, सरकारी निकाय तथा सञ्चारमाध्यमले मात्रै नभएर सम्पूर्ण सरोकार राख्ने निकायले पालना गर्नुपर्ने बृहत्तर विषय भएको बताउनुभयो ।

‘‘निर्वाचन आचारसंहिता प्रशासन र सुरक्षा निकायले मात्रै पालना गर्ने भन्ने होइन्, निर्वाचन भनेको महाअभियान हो । त्यसैले सबैले आआफ्नो ठाउँबाट निर्वाचनलाई स्वच्छ,निष्पक्ष र तटस्थता कायम गर्दै अघि बढ्न जरुरी छ,’’ उहाँले भन्नुभयो,‘‘निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पालना गरेको खण्डमा धेरै हदसम्म आचारसंहिता उल्लङ्घनका गतिविधिलाई निरुत्साहित गर्न सकिन्थ्यो ।’’ पर्साका प्रजिअ दाहालले पर्सामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सबै निकायसँग समन्वय र सहकार्य गरेर अघि बढेको बताउनुभयो ।

‘‘हामीले निर्वाचनलाई भयरहित र सकेसम्म धेरैभन्दा धेरै मतदाताको उपस्थितिमा निर्वाचन गराउने प्रयास गरिरहेका छौं । यसका लागि सबै निकायले हातेमालो गरेर अघि बढ्न पनि जरुरी छ,’’ उहाँले भन्नुभयो,‘‘रासस जस्तो विश्वसनीय सञ्चारमाध्यमले निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्दै निजी क्षेत्रबाट सञ्चालित मिडियालाई पनि आचारसंहिता पालना गराउनको लागि पहलकदमी गराउन जरुरी छ ।’’

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ पर्साका का निर्वाचन अधिकृत मधुसुदन आचार्यले पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा लिखितभन्दा पनि मौखिक खालका उजुरी आउने गरेको बताउनुभयो ।‘‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका मौखिक उजुरी आउने गरेका छन्,’’ उहाँले भन्नुभयो,‘‘हामीले मौखिक खालका उजुरीलाईभन्दा पनि प्रमाणसहित लिखित उजुरी ल्याउन अनुरोध गर्दै आइरहेका छन् । निर्वाचन आचारसंहिता विपरित आएका उजुरीलाई प्रथामिकतामा राख्दै आवश्यक प्रक्रिया अघि बढाएका छौ ।’’

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले सामाजिक सञ्जालको बढ्दो प्रभावको कारणले आमसञ्चारमाध्यममा प्रभाव पार्दै आइरहेकाले पनि सोतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

‘‘अहिले सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता विपरितका गतिविधिहरु हावी भइरहेका छन् । त्यसैले पनि आमसञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना भएका सकारात्मक समाचार तथा गतिविधिलाई पनि प्रकाशन तथा प्रसारण गर्नुपर्ने आवश्यकता देखिएको छ ।’’ निर्वाचन अधिकृत श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ पर्सामा निर्वाचन आचारसंहिता विपरित भएका कार्यलाई निरुसाहित गर्दै आइरहेको बताउनुभयो ।

पर्साका सहायक प्रजिअ तथा निर्वाचन आचारसंहित अनुगमन अधिकृत विनोदकुमार पोखरेलले निर्वाचनसँग सरोकार राख्ने २४ वटा निकाय रहेकाले पनि सबै निकायले आआफ्नो ठाउँबाट निर्वाचनलाई भयरहित र शान्तिपूर्ण सम्पन्न गराउनको लागि समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

‘‘निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारले सबैभन्दा पहिला निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । त्यसको साथसाथै निर्वाचनको पलपलको सूचना तथा जानकारी सम्प्रेषण गर्ने मिडियाले पनि उत्तिकै मात्रामा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने हुन्छ,’’ उहाँले भन्नुभयो,‘‘जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भएमा तत्कालै रिपोर्ट गर्न पनि अनुरोध गर्दछ । सो उपर आवश्यक कारवाही अघि बढाइनेछ ।’’

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पत्रकार तथा सञ्चारमाध्यमले पनि निर्वाचन आचारसंहिता पालना गरेर समाचार संकलन तथा सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।‘‘महासंघले पनि निर्वाचन आचारसंहिता उल्लङ्घनका गतिविधिलाई नजिकबाट नियाल्दै आइरहेको छ,’’ उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जराले स्थानीय प्रशासनले पनि भयरहित वातावरणमा निर्वाचन हुने वातावरण तयार पार्नुपर्ने बताउनुभयो ।‘‘स्थानीय प्रशासनले भयरहित वातावरणमा निर्वाचन हुने वातावरण गराउन कुनै पनि कसर बाँकी राख्नुहुदैँन । सञ्चारमाध्यमले पनि निर्वाचनको समयमा जिम्मेवार भएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्न जरुरी छ ।’’ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले राससको औचित्य अझै पनि कायम भएकाले राससले आफ्नो निष्पक्षता र स्वच्छ छविलाई अझै तिर्खादैँ लैजानुपर्ने बताउनुभयो ।

वीरगञ्जका बरिष्ठ पत्रकार कन्हैयालाल केशरीले पर्सामा खुला सीमा नाका भएकाले पनि निर्वाचनको समयमा चोरी तस्करी र घुसपैठ हुनेतर्फ पनि सचेत र सजग रहन स्थानीय प्रशासनलाई अनुरोध गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले राससले सरकारी समाचारमात्रै नभएर,निजी क्षेत्र र आर्थिक क्षेत्रका समाचारलाई पनि उत्तिकै प्रथामिकता दिदैँ प्रकाशन तथा प्रसारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो

ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले निर्वाचन आचारसंहितलाई सबैले पालना गरेर निर्वाचनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति वीरगञ्ज कार्यालय प्रमुख हिमाल लम्सालले सञ्चारमाध्यमले निर्वाचन प्रक्रियाको सुरुदेखि अन्त्यसम्मका समाचार सङ्कलन,प्रकाशन तथा प्रसारण गर्दा मिडिया झनैं

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार