पर्सा–४ मा नेपाली कम्युनिष्ट पार्टीको घरदैलो तीव्र, जय प्रकाश थारुको पक्षमा जनलहर

पर्सा । नेपाली कम्युनिष्ट पार्टी पर्सा क्षेत्र नं. ४ ले जिराभवानी गाउँपालिका वडा नं. ४ पकडी टोलमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गरिएको उक्त कार्यक्रमका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिएको थियो।

घरदैलो अभियानका क्रममा क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीप्रति उल्लेखनीय जनसमर्थन देखिएको सहभागीहरूले बताएका छन्। विगतका विकास निर्माणका कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै क्षेत्र नं. ४ का मतदाताहरूले आगामी दिनमा थप विकास र समृद्धिको अपेक्षा राखेको जनाएका छन्।

स्थानीयवासीका अनुसार घरदैलो कार्यक्रम औपचारिक भए पनि मतदाताको उत्साह र सहभागिताले चुनावी माहोल तातेको देखिएको छ। विशेषगरी अनुभवी तथा विकासप्रेमी उम्मेदवार जय प्रकाश थारुप्रति मतदाताको झुकाव बढ्दै गएको सहभागीहरूको भनाइ छ।

“बिहानदेखि बेलुकासम्म र आवश्यक परे रातिसमेत जनताको काममा खटिने नेताको आवश्यकता छ,” भन्दै स्थानीयले जय प्रकाश थारुलाई क्षेत्र नं. ४ का लागि उपयुक्त उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

मतदाताहरूले फागुन २१ को निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीसँग नै हुने आकलन गरेका छन्। समग्र माहोल हेर्दा यसपटक क्षेत्र नं. ४ मा जय प्रकाश थारुलाई अत्यधिक मतसहित विजयी गराउने संकेत देखिएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार