नेक्स्ट जेनेरेशन इभेन्ट प्रा.लि.को आयोजनामा गायन रियालिटी शो ‘बिरगंज आइडल’ फागुन २ गते बिरगंजमा आयोजना हुने भएको छ। कार्यक्रमको लाइभ प्रसारण My TV मार्फत प्रत्यक्ष गरिने आयोजकले जनाएको छ।
यसअघि नेक्स्ट जेनेरेशन इभेन्ट प्रा.लि.ले ‘बिरगंज स्कूल आइडल’का दुई सिजन भव्य रूपमा सफलतापूर्वक सम्पन्न गरिसकेको अनुभवको आधारमा यसपटक खुला प्रतिस्पर्धात्मक रूपमा ‘बिरगंज आइडल’ आयोजना गर्न लागेको हो।

कार्यक्रमको मुख्य उद्देश्य बिरगंज तथा आसपासका क्षेत्रमा लुकेर रहेका गायन प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने अवसर प्रदान गर्नु रहेको आयोजकले बताएका छन्।
‘बिरगंज आइडल’मा १५ वर्षदेखि माथिका सबै उमेर समूहका इच्छुक प्रतिभाहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिता अडिसन, गाला राउण्ड र फाइनल चरण हुँदै सञ्चालन गरिनेछ।
अडिसनदेखि फाइनलसम्मका सबै कार्यक्रमहरू बिरगंजको आदर्शनगरस्थित त्रिशाला रेस्टुरेन्टमा आयोजना गरिने जानकारी दिइएको छ।कार्यक्रमको निर्णायक मण्डलमा हरिपन्त तुलाधर, अशोक प्रधान, सदाम हुसेन र प्रभात यादव रहनेछन्। कार्यक्रम प्रस्तोताका रूपमा सञ्चारकर्मी सूर्य शुभचिन्तक रहनेछन्।
प्रतियोगिताको बिजेतालाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। फागुन २ गतेदेखि सञ्चालन हुने ‘बिरगंज आइडलमा गायन क्षेत्रमा रुचि राख्ने सम्पूर्ण प्रतिभाहरूलाई सहभागिताका लागि आयोजकले हार्दिक आग्रह गरेको छ।



