धनुषामा मस्जिद तोडफोडको घटनापछि सुरु भएको साम्प्रदायिक तनावका कारण केही दिन अशान्त बनेको वीरगंजमा प्रशासनले कर्फ्यु हटाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मङ्गलवार अपराह्न ३:३० बजेदेखि कर्फ्यु पूर्ण रूपमा खारेज गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रशासनका अनुसार हिन्दु र मुस्लिम पक्षबीच सर्वपक्षीय बैठकमा प्राप्त सहमति र शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएपछि कर्फ्यु हटाउने निर्णय गरिएको हो ।
तपाईको प्रतिक्रिया



