वीरगंजमा कर्फ्युले गर्दा शहर सुनसान

वीरगंजमा हिजो सोमबार साझ ६ बजेदेखि लागू कर्फ्यु आज दिउँसो १ बजेसम्म लम्बाइएको छ। तनावपूर्ण परिस्थितिका कारण शहरका मुख्य सडक, बजार र चोकचौराहामा सर्वसाधारणको आवतजावत न्यून छ।

अधिकांश पसल र व्यवसायिक प्रतिष्ठान बन्द छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संवेदनशील क्षेत्रमा गस्ती गर्दै शान्ति–सुरक्षा कायम राख्न सक्रिय छन्।

प्रशासनले नागरिकहरूलाई संयमित रहन र अनावश्यक रूपमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ। कर्फ्यु थप्ने वा खुला गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय पर्साबाट आउने बताइएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार