धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न पर्सा प्रशासनको चेतावनी

पर्सा जिल्ला प्रशासनले सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणमा कडा अपिल गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा धर्म, जात वा समुदायविरुद्ध घृणा फैलाउने, अफवाह सिर्जना गर्ने वा अपमानजनक सामग्री सेयर गर्नु कानुनविपरीत हुन्छ। प्रशासनले यस्ता गतिविधि सतर्क निगरानीमा राखेको छ र दोषी पत्ता लागे कडा कारबाही गरिने चेतावनी दिएको छ।

मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ अनुसार धार्मिक भावना आहत गर्ने वा सामाजिक शान्ति बिगार्ने कार्यमा संलग्न व्यक्तिलाई कैद र जरिवानाको सजाय हुन सक्नेछ।

प्रशासनले सबै नागरिक, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गर्दै असत्य र उत्तेजक सूचना फैलाउनबाट बच्न सचेत गराएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार