काठमाडौँबाट भद्रपुरतर्फ उडेको बुद्ध एयरको एटीआर–७२ विमान शुक्रबार राति अवतरणका क्रममा रनवे पार गर्दै दुर्घटनाग्रस्त भएको छ। रनवेको पूर्वतर्फ करिब ३०० मिटर घाँसे झाडी र माटोमा भासिँदा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटना राति ९ः१० बजे भएको हो। कलसाइन ९०१ रहेको विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर गरी कुल ५६ जना सवार थिए। घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया



