स्विट्जरल्यान्डको क्रान्स–मोन्टानामा आगलागी: ४० को मृत्यु, ११५ भन्दा बढी घाइते

स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्। धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।

आगो निभाउन १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र करिब १५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो। अधिकारीहरूले आगलागीमा धेरैजसो घाइतेहरू सासमा गएको विषालु धुवा र आन्तरिक जलनका कारण समस्या भोग्नुपर्ने बताएका छन्। केही बिरामीको अवस्था अत्यन्त नाजुक भएकाले उनीहरूलाई सघन उपचार कक्षमा राखिएको छ।

बारमा आगलागी भएको समय नयाँ वर्षको पार्टी भएकाले युवाहरूको संख्या धेरै भएको बताइएको छ। पीडितहरू विभिन्न देशका नागरिक रहेको र मृतकको पहिचानमा समय लाग्ने जनाइएको छ।

स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई देशले भोगेको सबैभन्दा दर्दनाक त्रासदीमध्ये एक भनेका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार