महिला अधिकारको संरक्षणका लागि समानुपातिक सूचीविरुद्ध प्रदर्शन

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीमा महिला प्रतिनिधित्व कम भएको भन्दै काठमाडौंमा महिलाहरूले शुक्रबार प्रदर्शन गरेका छन्।

महिला अधिकारका लागि दबाब अभियानका सहभागिहरूले संविधानले प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित भएको भन्दै माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै समानुपातिक प्रणालीको संवैधानिक मर्म सुनिश्चित गर्न सरकार र राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराएका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार