ग्यास ट्याङ्कर हटेपछि पूर्वपश्चिम महेन्द्र राजमार्ग पुनः सञ्चालन

मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग बुधबार बिहानबाट पुनः सञ्चालनमा आएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक एलपी ग्यास बोकेको ट्याङ्कर पल्टिँदा राजमार्ग बन्द भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार ट्याङ्करभित्र रहेको करिब २१ टन ग्यास रातभर सुरक्षित रूपमा बाहिर निकालेर छवटा क्रेनको सहायताले ट्याङ्कर हटाइएपछि सडक सञ्चालनमा आएको हो। राजमार्ग अवरुद्ध रहँदा साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक मार्ग प्रयोग गरेर आवागमन गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार