मेक्सिकोमा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्। ज्यान गुमाउनेहरूको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ।
दुर्घटनामा परेको रेलमा २४१ यात्रु र ९ जना रेल चालक दलका सदस्य सवार थिए। दुर्घटना मेक्सिकोको राजधानीबाट करिब ६ सय किलोमिटर दूरीमा पर्ने ओआक्साका राज्यको असुनसियोन इक्स्टाल्टेपेक क्षेत्रमा भएको हो।

सीएनएनका अनुसार घाइतेमध्ये ३६ जनालाई अस्पताल लगिएको छ भने अन्यलाई सामान्य चोट मात्र लागेको छ। दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन। यो रेल सेवा दक्षिणी मेक्सिकोमा रेल यात्रालाई प्रोत्साहन गर्न शुरू गरिएको थियो।
तपाईको प्रतिक्रिया



