रवि लामिछाने र बालेन शाहबीचको सहमतिपछि पुराना दलका नेताहरूले निर्वाचन नलड्ने निर्णय लिन थालेका छन्।
यही क्रममा नेकपा नेतृ पम्फा भुसालले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नबन्ने घोषणा गरेकी छन्।

भुसालले आफू दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको र मन्त्रीका रूपमा काम गर्ने अवसर पाइसकेको उल्लेख गर्दै यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने निर्णय गरेको बताइन्।
काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा चुनाव जित्नु अत्यन्त चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
देशभरका नेता–कार्यकर्ताले उम्मेदवारीबारे चासो देखाए पनि यसपटक चुनाव नलड्ने निर्णय गरेको स्पष्ट पार्दै उनले अब आफ्नो राजनीतिक अनुभव र सिकाइलाई पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्ने आवश्यकता रहेको बताइन्।
तपाईको प्रतिक्रिया



